उपत्यकामा आंशिक रुपमा बैङ्क तथा वित्तीय संस्था खुले

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ भाद्र । उपत्यकामा आंशिक रुपमा बैङ्क तथा वित्तीय संस्था खुलेका छन् । न

सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले आग्रह गरेपछि आंशिक रुपमा बैङ्क तथा वित्तीय संस्था खुलेका हुन् ।

राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको छ ।

बैङ्क तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्ने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ । सुरक्षाका कारण अधिकांश बैङ्क तथा वित्तीयका साथै एटिएम समेत बन्द भएपनि सेवाग्राहीहरु प्रभावित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्