यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २६ भाद्र । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रूपैयाँ २७ पैसा कायम भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ।

यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रूपैयाँ ४० पैसा र बिक्रीदर १९१ रूपैयाँ २२ पैसा, स्विस फ््रयाङ्क एकको खरिददर १७६ रूपैयाँ ३० पैसा र बिक्रीदर १७७ रूपैयाँ ०५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रूपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ११० रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्