निर्वाचनमा २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र  राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट ९८, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकालाई प्रयोग गरिएको थियो ।

जसमध्ये दुई सय १६ घटनामध्ये एक सय ४४ वटा  प्रचार प्रसार र्‍यालीको क्रममा प्रयोग गरिएको थियो भने २८ जनालाई  कलाकारको रूपमा  प्रयोग गरिएको थियो ।

आमसभामा १८ वटामा बालबालिका लगेका राजनीतिक दलले  घरदैलो कार्यक्रममा १२ वटा घटनामा बालबालिकाको प्रयोग गरिएको शर्माले बताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्