काठमाडौं । नेपाली शेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले ओरालो लागेको छ। बुधबार नेप्से परिसूचक १५.६४ अंकले घटेर २,७२६.३३ विन्दुमा पुगेको छ।
हिजो पनि नेप्से १९ अंकले घटेको थियो। आज म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै उपसूचकहरू राताम्य भएका छन्।
२१३ कम्पनीको शेयर घट्दा ३९ कम्पनीको मात्रै बढेको छ। लिबर्टी इनर्जीको शेयर ७% ले घटेको छ भने हिम स्टार ऊर्जा कम्पनीको शेयर १०% ले उछालिएको छ।
आज ३२६ कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भए, जुन हिजोको ४ अर्ब ४३ करोडको कारोबारभन्दा केही उच्च हो।











