काठमाण्डौ, १७ भाद्र । सुनको भाउ आज छ सय रुपैयाँले बढेको छ । ५ सय रुपैयाँले बढेर आज तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने आइतबार पनि सुन तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी कीर्तिमान कायम गरेको थियो ।
यस्त,ै चाँदी आज तोलाको १५ रुपैयाँले बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो भने चाँदीको भाउ तोलाको दुई हजार चार सय ७० रुपैयाँ पुगेको थियो ।











