सुनचाँदीको भाउ लगातार बढ्यो, सुन तोलाको दुईलाख ५ हजार ३ सय रुपैयाँ

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १६ भाद्र । सुन र चाँदीको भाउ लगातार बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार सात सय रुपैयाँले बढेर २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार सुनको भाउ तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर २ हजार ४ सय ७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय २५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्