पेट्रोलियम पदार्थको मूल्यमा समायोजन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो ।

निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको निगमले जनाएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्