सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाखभन्दा धेरै

  • ख-
  • ख+

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको साउन २३ गते छापावाल सुन तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यो यसअघिको उच्च मूल्य थियो । बिहीबार पनि छापावाल सुन यसअघिको उच्च विन्दु अर्थात् तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।बिहीबारको तुलनामा सुनको मूल्य एकैदिन तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्