सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ११ भाद्र । सुनको भाउ आज (बुधबार) तोलामा तीन सय रुपैयाँ बढेको छ । आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी १५ रुपैयाँले घटेको छ । तोलाको दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्