काठमाण्डौं, ५ भाद्र । आज (बिहिबा।) सुनको भाउ तोलामा १ हजार ३सय रुपैयाँले बढेको छ । आज १ हजार ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ दुई हजार दुई सय ९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ५५ रुपैयाँ थियो ।











