बुधबार सुन तोलाको १ हजार ६ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ४ भाद्र । आज (बुधबार) सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको छ । तोलामा १ हजार छ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ ४५ रुपैयाँले घटेर तोलाको दुई हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी तोलाको दुई हजार तीन सय रुपैयाँ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्