आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौं, ३ भाद्र । सुनको भाउ आज (मंगलबार) तोलामा एकैदिन एक हजार दुई सय रुपैयाँले घटेका छ । तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्