काठमाण्डौं, ३ भाद्र । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य केही घटेको छ। आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४३ पैसा कायम भएको छ।
यस्तै भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।











