काठमाण्डौं, २ भाद्र । आज (सोमबार) सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । आठ ८ रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । तोलाको ५ रुपैयाँले बढेर तोलाको दुई हजार ३ सय १५ रुपैयाँमा भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १० रपैयाँ रहेको थियो ।












