काठमाडौं, १ भाद्र । नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ। गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१–८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो। जसमा आ.व. २०८१–८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ।
आर्थिक वर्ष २०८०–८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो। २०८–०८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो।
कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हाले यता प्राधिकरणले नाफा बनाइरहेको थियो। तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी,आएका कारणले नाफामा केही कमी देखिएको बताएका छन् । अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुने उनको दाबी छ।
उनकाअनुसार आर्थिक वर्ष २०८१र८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको छ। आव २०८१र८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावट घण्टा विद्युत उपलब्ध भएको थियो। जसमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत रहेको थियो। स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो।
प्राधिकरणकाअनुसार नेपालको आन्तरीक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०।७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको थियो। आर्थिक वर्ष २०८१र८२ मा अघिल्लो आवको तुलनामा ४।६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ। राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०।४७ प्रतिशत कमी आएको छ।












