काठमाण्डौं, १ भाद्र । आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।












