रसुवामा बस दुर्घटना हुँदा २महिने शिशुसहित २१ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २९ । रसुवामा बस दुर्घटना हुँदा २महिने शिशुसहित २१ जना घाइते भएका छन् । बिहिबार दिउँसो सवा २ बजे रसुवा उत्तरगया गाउँपािलका वडा नं. –०५ लहरेपौवास्थित पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे –त्रिशुली सडक खण्डमा गत्लाङबाट काठमाडौं तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बा ४ ख ८४३५ नम्बरको यात्रुवाहक बसले बेत्रावतीबाट नम्बर नखुलेको अटोलाई साइड दिने क्रममा सडकबाट ४० मिटर तल खस्न गई पल्टिँदा सो बसमा सवार २१ जना घाइते भएका थिए । घाइतेहरुलाई सुरक्षाकर्मी तथा स्थानीयबासीहरुले उद्धार गरि उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट पठाइएको थियो ।

घाइते २१ जनामध्ये ४ जनालाई उपचारको लागि काठमाडौं ल्याएको छ भने १७ जनाको त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेहरुको उद्धारको लागि नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाल नं.२० गुल्म रसुवाबाट सप्रनि रबिन्द्र दाहालको कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल नं.१९ गुल्म नुवाकोटबाट सप्रनि दिनेश घिमिरेको कमाण्डमा टोली परिचालन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्