झिनो अंकले बढ्यो सेयर बजार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २९ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ। अघिल्ला कारोबार दिनहरूमा गिरावट हुँदै आएको सेयर बजार आज बढेर बन्द भएको हो।

आज सेयर बजार परिसूचक २ अंकले बढेसँगै २७८८ को विन्दु पुगेको छ। सेयर बढे पनि कारोबार रकम साढे ७ अर्ब मात्रै भएको छ।

सेयर बजारमा आज १०८ कम्पनीको सेयर मूल्य बढेको छ। यसको विपरीत १४१ कम्पनीका लगानीकर्ताले आफ्नो लगानी गुमाएका छन्। 

आज नेपाल रिपब्लिक मिडिया लिमिटेडमा सकारात्मक सर्किट लगेको छ। यसको विपरीत एनआइसी एसिया फ्लेक्सी क्याप फण्डले सबैभन्दा धेरै गुमाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्