शेयर बजार लगातार तेस्रो दिन ओरालो, नेप्से १० अंकले घट्यो

खबर बुक
  • ख-
  • ख+

नेपालको शेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको छ। आज नेप्से परिसूचक १० दशमलव ५० अंकले घटेर २ हजार ७ सय ८५ दशमलव ७४ विन्दुमा पुगेको छ। तीन दिनको अवधिमा बजार ६४ अंकभन्दा बढीले घटिसकेको छ।

आजको कारोबारमा विकास बैंक, फाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ।

सबैभन्दा धेरै गिरावट व्यापार समूह मा देखिएको छ, जसको सूचक करिब १।५ प्रतिशतले घटेको हो।त्यस्तै, कुमारी बैंकको डिबेन्चर २०८६ को मूल्यमा पनि ठूलो गिरावट आएको छ। यो डिबेन्चर आज झन्डै ९ दशमलव ५ प्रतिशतले घटेको छ।

तर, बजार समग्रमा ओरालो लाग्दा पनि माया खोला हाइड्रोपावर कम्पनी को शेयरमा उल्लेखनीय वृद्धि भएको छ। कम्पनीको शेयर मूल्य आज ५।५ प्रतिशतभन्दा बढीले बढेको छ।

हिजो ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ६ अर्ब १६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।

आज कुल ३ सय २१ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर किनबेच भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्