काठमाडौं, २७ साउन । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ तोला चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।












