काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ चार पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ छ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।











