काठमाण्डौं, २६ साउन – आज (सोमबार) सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ३० रुपैयाँ रहेको थियो ।











