टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, १६ भवन भत्किए, १ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कठमाडौं, २६ साउन। टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको भूकम्पमा एक जनाको मृत्यु भएको छ ।

टर्कीको गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ ।

सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्