काठमाडौं, साउन २५ । गाइजात्रा पर्वको अवसरमा हास्यकलाकारहरुले मुलुकको राजनीति क्षेत्रप्रति कटाक्ष गरेका छन् ।
गाइजात्राका अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा हाँस्य कलाकारहरुहरुले आफ्नो कमेडीमार्फत राजनीति क्षेत्रप्रति कटाक्ष गरेका हुन् ।
हास्यकलाकार दमन रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गर्नुभयो । उहाले आफ्नो कमेडीमार्फत बुद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै, अर्का हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाउनुभयो । कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकतामात्रै देख्न नहुने धारणा राख्नुभयो ।
त्यस्तै अन्य कलाकारहरुले आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य–व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको बताएका छन् ।











