काठमाण्डौ, २५ साउन । आज (आइतबार) सुनको भाउ घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
२ सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रवार सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँसहित कीर्तिमान बनाएको थियो ।
आज चाँदी पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार तीन सय २५ रुपैयाँ थियो ।











