आज सुनको भाउ स्थिर, चाँदी २५ रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २२ साउन । सुनको भाउमा आज (बिहिबार) घटबढ् भएको छैन् । आज सुनको भाउ हिजोकै भाउमा तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्