आफ्नै पार्टीका बहादुर सिंहलाई हटाएर इन्द्रबहादुर बने मुख्यमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २० । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। कूल ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको ६४ सांसदको समर्थनमा उनी बनेका हुन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले कांग्रेसकै मुख्यमन्त्रीलाई विस्थापित गरेका हुन्।

यसअघि बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा थिए। यसअघि प्रदेशसभाको दलको नेताबाट पराजित बानियाँ साढे २ वर्षपछि दलको नेताबाट लामालाई हटाएर आफैँ मुख्यमन्त्री बनेका हुन्।

गत साउन ९ गते मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। १३ साउनमा अविश्वासको प्रस्तावमाथि मत विभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दल नेताको हैसियत गुमाएका थिए। 

गत १४ साउनमा दलको नेता चयनमा भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्