नेपाल बैंक र अल्फा हेल्थबीच सहकार्य, बैंककर्मी र ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० साउन । नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ।

सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र खाता भएका ग्राहकले ब्लड टेस्ट, युरिन टेस्ट, एक्स–रेलगायत प्याथोलोजी सेवामा छुट पाउने छन्। साथै, औषधि खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट र निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध हुनेछ।

सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन्।

यो सहकार्यले बैंकका कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच अझ सहज र किफायती हुने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्