माओवादीको स्थायी कमिटी बैठक सोमबार नै सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताउनुभएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि प्रचण्डले पार्टीलाई एकतावद्ध गर्ने चूनौति जिम्मेवारीपूर्वक पुरा गरेको बताउनुभएको हो ।

उहाले सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्पको सामूहिक प्रतिबद्धता गरिएको जिकिर गर्नुभयो ।

मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय बैठकले गरेको उहाले बताउनुभयो । प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषि देखिएकालाई कारवाही गर्नेगरि छानविन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै बैठकपछि माओवादी उपमहासचिव जनार्दन शर्माले सवै एजेण्डामाथि बैठकमा खुला रुपमा छलफल भएको बताउनुभयो । बैचारिक, राजनीतिक, सांगठानीक सवैका सन्दर्भमा गम्भीर रुपमा बहस भएको उहाको भनाइ छ ।

चार दिनदेखि जारी माओवादीको स्थायी कमिटी बैठक सोमबार नै सम्पन्न भएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्