सोमबार सुनचाँदीको भाउ समान्य बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौं, १९ साउन । आज (सोमबार) नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ थियो ।

यस्तै सोमबार चाँदीको पनि मूल्य बढेको छ । आज चाँदी तोलामा २ हजार २५५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्