मैत्रीपुर्ण खेलमा टोटनहम र न्युक्यासल बराबरीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ साउन । मैत्रीपूर्ण खेलमा टोटनहम र न्युक्यासल युनाइटेड बराबरीमा रोकिएका छन्  । 

प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडसँग टोटनहम १–१ को बराबरीमा रोकिएको हो । आइतबार सिओल विश्वकप रंगशालामा सो खेल भएको थियो ।

टोटनहमका लागि ब्रेनन जोनसनले खेलको सुरूवाती चौथौं मिनेटमा गोल गरेर अग्रता कायम गरे पनि न्युक्यासलका लागि ३८ औं मिनेटमा हार्वे बार्न्सले गोल गरेका थिए । 

अब टोटनहमले बिहीबार बायर्न म्युनिख तथा न्युक्यासलले शुक्रबार स्पान्योलसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्