जनमत पार्टीकाे अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध

न्युज कारखाना
  • ख-
  • ख+

महोत्तरी, १० मंसिर ।  महोत्तरी १ को मतगणना अवरुद्ध  भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो ।

‘गणानाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौ ।’ जनमत पार्टीका नेताले भने ।

महोत्तरी १ मा  कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलवाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ ।

तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ । जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ । समानुपातिकमा मत पुनःगणाना गर्नुपर्ने जनमत पार्टीका नेताहरूले अडान छ ।

क्रसमतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछिीसमानुपातिक र प्रत्यक्ष एकसाथ गणाना गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नक्बर १ (ख)को मतपरिणाम सार्वजनिक भैइसकेको छ भने (क)तर्फ बर्दिबास १३, १४ र भंगाहा नगरपालिकाको ४ वटा वडा मतगणना गर्न बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्