संघीय संसदका दुई समितिको बैठक बस्दैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । 

जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिहरुसँग छलफल हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्