विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

न्युज कारखना
  • ख-
  • ख+

खोटाङ, १० मंसिर ।

खाेटाङमा विद्युत सर्ट भएर लागेकाे आगाेबाट पसल जलेको नष्ट भएकाे छ । आगलागीबाट रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुई तले  घरमा रहेकाे पसलमा आगलागी भएको हो ।

शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए । आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्