माओवादी पार्टी कुनै हालतमा फुट्दैन- अग्नि सापकोटा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १७ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरुले पार्टीभित्र विधि पद्धती र प्रक्रियालाई कडाईका साथ लागू गर्न सुझाव दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको बैठकमा धारणा राख्ने नेताहरुले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन विधि पद्धती र प्रक्रियालाई कडाईपूर्वक लागू गर्नुपर्ने सुझाव दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

संगठन निर्माण, बिकास र विस्तारमा योजना सहित केन्द्रीत हुन आवश्यकका साथै शुद्धिकरण र रुपान्तरणका बिषय बिशेष रुपमा उठेको उहाले बताउनुभयो । सापकोटाले नयाँ बिचार संश्लेषण र बिचारको बिकासका लागि बहसको थालनी गर्नुपर्ने बिषय बैठकमा उठेको उल्लेख गर्नुभयो ।

पार्टीका बिषयमा आएका सवै बिषयमा सहज ढंगले बैठकमा छलफल भएको भन्दै उहाले माओवादी पार्टी कुनै हालतमा नफुट्ने बताउनुभयो । एकता, संघर्ष र रुपान्तरण पार्टीको सिद्धान्त भएकाले बैठकको अन्तिमसम्म जादा पार्टी थप एकताबद्ध हुने उहाले बताउनुभयो ।

स्थायी समिति बैठकमा शनिबार आज १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । बैठक आइतबार ११ बजे देखि पुन सुचारू हुने माओवादीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्