काठमाडौं, साउन १६ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुभएको छ ।
बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्रता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका बिषय लगाएतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।
त्यस्तै बैठकले संगठन निर्माण, नेताहरुको कार्यबिभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयीक प्रस्ताव पारित गर्ने नेताहरुले जनाएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गरिने माओवादीले जनाएको छ ।











