पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको भाउ बढ्यो

  • ख-
  • ख+

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै पेट्रोलको मूल्यमा प्रति लिटर एक रुपैयाँले कटौती गरेको छ भने डिजेल र मट्टीतेलको मूल्यमा दुई रुपैयाँले वृद्धि गरेको छ।खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ ।

यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्