काठमाडौं, १५ साउउन । उदयपुरको उदयपुरगढी गाउँपालिका –७ अँधेरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको । छ ।
काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक आज (बिहीबार) बिहान दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका – ४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












