नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ

खबर बुक
  • ख-
  • ख+

१४,बैशाख काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिला गरी बसेको हो ।

बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम छ।

कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले दलका नेता छनोटबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने एक नेताले बताए ।

सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्