काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (बिहीबार) भेतवार्ता हुने भएको छ । बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै भेटमा संघीय सरकारका मन्त्री हेरफेरबारे छलफल हुने सचिवालयले जनाएको छ ।
उनीहरूबिच सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओली तत्काल मन्त्रीमण्डल हेरफेर गर्ने पक्षमा छन् भने देउवाले सहमति नजनाउँदा मन्त्रीमण्डल हेरफेर हुन सकेको छैन ।











