हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताबाट पराजित भए पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै संवैधानिक वा राजनीतिक आधार नरहेको स्पष्ट पारेका छन्।
मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू संविधानको भावना र प्रावधानअनुसार अघि बढ्ने बताए। ूनेतृत्व परिवर्तन संसदीय दलभित्रको प्रक्रिया हो, तर सरकारको नेतृत्व संविधानले तय गर्छ। वर्तमान सरकारले विश्वासको मत गुमाएको छैन, त्यसैले राजीनामाको आवश्यकता छैन,ू लामाले भने।
मुख्यमन्त्री लामाको तर्क छ कि संविधानको धारा अनुसार कुनै पनि मुख्यमन्त्रीविरुद्ध सरकार गठनपछिको दुई वर्षभित्र अविश्वास प्रस्ताव ल्याउन नमिल्ने व्यवस्था रहेको छ। उनले आफ्ना आलोचकहरूलाई लोकतान्त्रिक अभ्यासको मर्यादा बुझेर अघि बढ्न आग्रह गरे।











