काठमाडौं । नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलको नेतामा निर्वाचित भएपछि इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक प्रणालीमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक भएको बताएका छन्। उनले पार्टीभित्रको प्रतिस्पर्धा स्वस्थ अभ्यास भएको उल्लेख गर्दै नेतृत्व परिवर्तन आवश्यक पर्ने अवस्था आउन सक्ने धारणा व्यक्त गरे।
बानियाँले लोकतन्त्रमा दलका नेताहरूले प्रभावकारी नेतृत्व प्रदान गर्न नसके पार्टी कमजोर हुने खतरा रहन्छ भन्दै, त्यस्तो अवस्थामा नेतृत्व परिवर्तन गर्नु अपरिहार्य हुने बताए। उनका अनुसार पार्टीभित्रको विश्वास र एकतालाई बलियो बनाउने उद्देश्यले हाल आन्तरिक प्रतिस्पर्धा गरिएको हो।
उनले वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामालाई नेपाली कांग्रेसको संसदीय दलको नेताका रूपमा पार्टीले अघि सारेको भए पनि अब दलको नेताको हैसियत फेरिएको उल्लेख गरे। ूदलको नयाँ नेताको चयन भइसकेपछि अब लामाले सहज रूपमा मार्गप्रशस्त गर्नु उचित हुन्छ,ू बानियाँले भने।
तर परिस्थिति सहज रूपमा समाधान नभए लोकतान्त्रिक प्रक्रियाअनुसार आवश्यक कदम चालिने स्पष्ट पार्दै बानियाँले भने, ूयदि स्वेच्छाले मार्गप्रशस्त गरिएन भने संसदीय पद्धतिअनुसार आवश्यक प्रक्रिया अपनाएर परिवर्तन गरिनेछ।ू











