अध्यक्ष रञ्जिताको निर्णय पार्टी विधान विपरीत : रेशम चौधरी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसलाई पार्टी विधानको उल्लंघन भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन आएका चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने निर्णय केन्द्रिय समिति बिना गरिएको भन्दै आपत्ति जनाए। उनले यस्तो एकपक्षीय निर्णयले धेरै कार्यकर्ताहरूको चित्त दुखेको बताए।

ूकार्यवाहक अध्यक्ष तोक्ने विषयमा पार्टीको केन्द्रिय समिति बोलाएर निर्णय गर्नुपर्थ्यो, तर त्यस्तो प्रक्रिया नअपनाइएका कारण मलाई पनि यो निर्णय मन परेन,ू चौधरीले भने।

उनले पार्टीभित्र उत्पन्न समस्या कसको कारणले हो भन्ने कुरा पार्टीका नेता तथा कार्यकर्तालाई राम्ररी थाहा रहेको पनि उल्लेख गरे।

चौधरीले नेतृत्व तहमा संवाद र सहकार्य आवश्यक रहेको औँल्याउँदै पार्टीलाई एकढिक्का बनाइराख्न सबै पक्ष गम्भीर बन्नुपर्ने सुझाव दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्