काठमाडौं, साउन १३ । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वासको मत गुमाए पनि मुख्यमन्त्री पद नछाड्ने बताएका छन।
मंगलबार हेटौंडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा लामाविरुद्धको प्रस्तावमा २२ जना सांसदले हस्ताक्षर गरेका थिए, भने १५ जनाले विरोध गरेका थिए। योसँगै लामा संसदीय दलको नेताबाट पदच्युत भएका छन। तर लामा भने आफू अझै पनि मुख्यमन्त्री रहने दाबीमा अडिग छन । बागमती प्रदेश सरकार गठबन्धनको आधारमा चलेको छ। सरकार र संसदीय दल फरक विषय हुन्।
त्यसैले मुख्यमन्त्री बन्न दलको नेता हुनु जरुरी छैन, लामाले भने उनले दलभित्र नयाँ नेता चयनका लागि छलफल सुरु गर्ने पनि बताएका छन। तर पद नछाड्ने अडानले कांग्रेसभित्रको विवाद झन् चर्किने संकेत देखिएको छ। यसअघि साउन ९ गते लामा विरुद्ध २१ जना सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
अब उक्त प्रस्ताव पारित भएसँगै कांग्रेसले नयाँ संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।











