कांग्रेस बागमती प्रदेश सभापति बानियाँको सुझाव : मुख्यमन्त्री लामाले नैतिक जिम्मेवारी लिनुपर्छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १३ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामालाई विश्वासको मत गुमाइसकेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिन सुझाव दिएका छन ।

बानियाँले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै भने,मुख्यमन्त्रीले प्रदेशसभाको विश्वास गुमाइसकेपछि अब पदमा टाँसिइरहनु अनुचित हुन्छ। मुख्यमन्त्री लामाले मार्गप्रशस्त गर्नु नै लोकतान्त्रिक मूल्य र नैतिकताको सम्मान हो।

उनले अब नेपाली कांग्रेसले औपचारिक रूपमा संसदीय दलको नेताको चयन प्रक्रिया सुरु गर्ने जानकारी पनि दिए। “दलभित्र छलफल अगाडि बढेको छ, विधानअनुसार चाँडै नयाँ नेता चयन हुनेछ,” बानियाँले भने,

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्