सत्ता गठबन्धनका अधिकारीलाई हराउँदै चितवनबाट सांसदमा चुनिए राप्रपा उपाध्यक्ष विक्रम पाण्डे

न्युज कारखाना
  • ख-
  • ख+

चितवन, १० मंसिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई हराउँदै पाण्डे सांसदमा निर्वाचित भएका हुन् ।

पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार ६७१ मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्