बाग्मती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दैँ

खबर बुक
  • ख-
  • ख+

हेटाैडा, १३ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैँछ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा माथी आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरे पछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ ।

अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राती अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्