काठमाडौं, ११ साउन । आज ( आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको छ ।
१ हजार १०० रुपैयाँले घटेर आज सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको भाउ तोलामा ८० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ।












