काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ९आज० का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ९६ पैसा र बिक्री दर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा , युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।











