चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ स्थित शान्ति चोकमा बोलेरो गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, खैरहनीबाट टाँडीतर्फ गइरहेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले टाँडीबाट खैरहनीतर्फ आउँदै गरेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना जनकपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख ३३६५ नम्बरको रात्रि बसलाई ओभरटेक गर्ने क्रममा भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए।

ठक्करबाट चितवनको कालिका नगरपालिका–२ निवासी ३५ वर्षीय मोटरसाइकल चालक मुकुन्द कँडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो, जहाँ राति १स्१९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरो चालक कास्की लेखनाथ नगरपालिका–२७ निवासी ३० वर्षीय हुमेस लामगाले र सोही गाडीका धनी कास्की माछापुच्छ्रे गाउँपालिका–३ निवासी ३४ वर्षीय ध्रुवराज पोखरेल सामान्य घाइते भएका छन्। दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा रात्रि बसमा सामान्य क्षति पुगेको छ भने यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्